काठमाडौँ– राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका खम्मबहादुर खातीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
काँग्रेस र एमालेबीच भएको सहमति अनुसार खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
उनले नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाहीको प्रस्ताव र एमालेका चक्रबहादुर मल्लको समर्थनमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।