राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा नेकपाबाट बस्नेत र जैशीले गराए उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-05-06
  • 17:35:33
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा नेकपाबाट बस्नेत र जैशीले गराए उम्मेदवारी दर्ता

    राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा नेकपाबाट बस्नेत र जैशीले गराए उम्मेदवारी दर्ता

    काठमाडौँ– राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी दर्ता गराएको छ।

    नेकपाबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरूले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

    नेपाली काँग्रेस र एमालेसँग भागबन्डामा सहमति नजुटेपछि नेकपाले एकल रूपमा उम्मेदवार बनाएको हो।