भोजपुरबाट शेरधन राई छैटौँ पटक सर्वसम्मत सिफारिस - Chaitanya News
  • 2026-05-06
  • 18:23:18
  • बुधबार,बैशाख २३, २०८३
  • भोजपुरबाट शेरधन राई छैटौँ पटक सर्वसम्मत सिफारिस

    भोजपुरबाट शेरधन राई छैटौँ पटक सर्वसम्मत सिफारिस

    काठमाडौँ– नेकपा एमाले भोजपुरले फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि सचिव शेरधन राईको एकल नाम सिफारिस गरेको छ।

    आज बसेको जिल्ला कमिटी बैठकले राईको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरेको सचिव एक्सन राईले नेपाल प्रेसलाई बताए। पूर्वअध्यक्ष शरणकुमार राईको प्रस्ताव र युवा नेता रोशन बस्नेतको समर्थनमा शेरधन राईको एकल सिफारिसबारे निर्णय लिइएको उनको भनाइ छ।

    २०५६ को संसदीय चुनावमा २८ वर्षकै उमेरमा सबैभन्दा कान्छो सांसदको रूपमा सदनमा इन्ट्री गरेका राईले भोजपुरबाट ३ पटक चुनाव जितिसकेका छन्।