काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउने - Chaitanya News
  • 2026-05-06
  • 18:22:14
  • बुधबार,बैशाख २३, २०८३
  • काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउने

    काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउने

    काठमाडौँ – आज नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । आजको बैठकबाट नै राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाउने भएको छ।

    बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्ने भएको छ।

    बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्ने बताइएको छ। कुन दलसँग कति सिटमा तालमेल गर्ने र काँग्रेसकातर्फबाट उम्मेदवार बन्ने व्यक्तिका विषयमा आजको बैठकमा औपचारिक निर्णय हुनेछ।