कोशी सरकार पुनर्गठनको तयारी, सबै मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने तयारी - Chaitanya News
  • 2026-10-06
  • 12:42:37
  • मंगलबार,आश्विन २०, २०८३
  • कोशी सरकार पुनर्गठनको तयारी, सबै मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने तयारी

    कोशी सरकार पुनर्गठनको तयारी, सबै मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने तयारी

    विराटनगर– कोशी सरकार पुनर्गठनको तयारी भइरहेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो गृहकार्यपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्।

    मन्त्रिपरिषद् स्रोतका अनुसार मुख्यमन्त्रीले यसबारे सत्ता साझेदार नेपाली कांग्रेससँग समेत छलफल गरिसकेका छन्। सरकारमा कांग्रेस र एमालेबाट प्रतिनिधित्व गर्दै आएका सबैजसो मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने गरी तयारी भएको स्रोतको भनाइ छ।