राष्ट्रिय स्वतन्त्र पार्टीले थप्यो चार जना पदाधिकारी - Chaitanya News
  • 2026-05-06
  • 19:22:44
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीले थप्यो चार जना पदाधिकारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले थप्यो चार जना पदाधिकारी

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ। आज (आइतबार) केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो।

    पार्टी एकीकरण एवं विस्तारको क्रममा रास्वपाले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थपेको प्रवक्ता मनिष झाले जानकारी दिए।

    थपिएको पदाधिकारीमा, उपसभापति –१, महामन्त्री – १, सहमहामन्त्री –१ र सहप्रवक्ता –१ रहेको छ ।