विष्णु पौडेलको नाम रुपन्देही–२ बाट एकल सिफारिस - Chaitanya News
  • 2026-10-06
  • 12:41:34
  • मंगलबार,आश्विन २०, २०८३
  • विष्णु पौडेलको नाम रुपन्देही–२ बाट एकल सिफारिस

    विष्णु पौडेलको नाम रुपन्देही–२ बाट एकल सिफारिस

    बुटवल– पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही–२ बाट सिफारिस भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस भएको हो।

    पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए । उनले भने– ‘जिल्लाका अन्य क्षेत्रबाट पनि सिफारिसका लागि बैठक र छलफल चलिरहेका छन् तर क्षेत्र नम्बर– २ बाट पौडलको नाम एकल सिफारिस भएको छ। अन्य क्षेत्र पनि अब बिस्तारै आउँछ।’

    रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पौडेलले रुपन्देही–२ बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका छन्।