यस्तो छ एमालेबाट प्रतिनिधि सभा लागि अहिलेसम्म सिफारिस भएका उम्मेदवारको नामावली - Chaitanya News
  • 2026-04-28
  • 02:26:43
  • सोमबार,बैशाख १४, २०८३
  • यस्तो छ एमालेबाट प्रतिनिधि सभा लागि अहिलेसम्म सिफारिस भएका उम्मेदवारको नामावली

    यस्तो छ एमालेबाट प्रतिनिधि सभा लागि अहिलेसम्म सिफारिस भएका उम्मेदवारको नामावली

    काठमाडौँ– नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवार सिफारिस गर्न निर्वाचन क्षेत्रीय कमिटीहरूलाई पुस २० सम्मको समय दिएकोमा धेरै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भएको छ। कतिपय कमिटीहरूमा छलफल जारी छ।

    केही जिल्लामा उम्मेदवारका आकांक्षीहरूबीच कमिटीमा मतदान समेत भएका छन्। एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेकोमा धेरै क्षेत्रबाट सबै आकांक्षीको नाम प्रदेशमा पठाइएको छ। कतिपय क्षेत्रबाट भने एक जनाको नाम मात्र सिफारिस गरिएको छ।

    अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका हुन्।
    कोशीबाट केपी शर्मा ओली–झापा ५, सुहाङ नेम्वाङ(इलाम २, मधेशबाट लीलानाथ श्रेष्ठ–सिरहा ३, लक्ष्मी महतो कोइरी–महोत्तरी १, हरि उप्रेती–सर्लाही ३, अजय गुप्त–रौतहट १, बागमतीबाट बद्री मैनाली–नुवाकोट १, मणिराम फुयाँल–काठमाडौँ २ (प्रस्ताव), गण्डकी बाट तिलक महत–नवलपुर २ मिलन गुरुङ–गोरखा २, लुम्बिनीबाट प्रदीप ज्ञवाली–गुल्मी १, सूर्य ढकाल–बाँके १, दलबहादुर सुनार–बाँके ३, विश्राम चौधरी–कपिलवस्तु १, कर्णालीबाट ध्रुव शाही–सुर्खेत १, कलाधर देवकोटा–सुर्खेत २, गुलाबजंग शाह(सल्यान र सुदूरपश्चिमबाट लेखराज भट्ट–कैलाली ४ मा सफारीस भएका छन्।