मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव विजयी - Chaitanya News
  • 2026-06-23
  • 14:47:52
  • मंगलबार,आषाढ ०९, २०८३
  • मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव विजयी

    मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव विजयी

    काठमाडौँ– मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव विजयी भएका छन् ।

    आज (आइतबार) मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। विपक्षमा भने २४ मत परेको छ। आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए।

    सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन्। रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए।