यी हुन् रास्वपा समानुपातिकतर्फ सातै प्रदेशका प्रारम्भिक उम्मेदवार, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-04-28
  • 13:24:36
  • मंगलबार,बैशाख १५, २०८३
  • यी हुन् रास्वपा समानुपातिकतर्फ सातै प्रदेशका प्रारम्भिक उम्मेदवार, हेर्नुहोस् सूची

    यी हुन् रास्वपा समानुपातिकतर्फ सातै प्रदेशका प्रारम्भिक उम्मेदवार, हेर्नुहोस् सूची

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन दिएकाहरुको नामावली सार्वजनिक गरेको छ।

    सार्वजनिक नामावलीअनुसार सबैभन्दा बढी बागमतीबाट र सबैभन्दा कम कर्णालीबाट रास्वपाको समानुपातिक उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन परेको छ।

    रास्वपाले सार्वजनिक गरेको सूचीमा कोशीका ६०, मधेशका ६१, बागमतीमा ९४, गण्डकीमा ४३, लुम्बिनीमा ४४, कर्णालीमा २१ र सुदूरपश्चिममा ३० जनाले समानुपातिक उम्मेदवार बन्न इच्छा व्यक्त गरेका छन्।

    सातवटै प्रदेशमा प्राप्त नामावली रास्वपाले फेसबुक पेजमार्फत् सार्वजनिक गरेको छ। रास्वपाले उनीहरुसँग सम्बन्धित प्रदेशमा पुस ५ गते छलफल कार्यक्रम राखेको छ।

    स्वपामा प्रत्यक्ष उम्मेदवार बन्न चाहनेले समानुपातिकबाट नाम फिर्ता लिन सक्नेछन्।