काठमाडौँ– नेकपा एमाले महाधिवेशनमा भएको निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलको क्लिन स्वीप गरेको छ। ९ सचिव पदका लागि भएको निर्वाचनमा ओलीले उठाएका ९ जनाले नै निर्वाचन जितेका छन्।
एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कंडेल ११८५,राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भए।