काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। उनले मतगणना सुरु भएको तीन घण्टामा मत परिणाम सार्वजनिक हुने बताए। आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेको र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए।
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरु भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो। मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए।