निर्विरोध भएकामध्ये एमालेको सबैभन्दा कान्छो केन्द्रीय सदस्य बने रौनित साह - Chaitanya News
  • 2026-06-23
  • 18:54:57
  • मंगलबार,आषाढ ०९, २०८३
  • निर्विरोध भएकामध्ये एमालेको सबैभन्दा कान्छो केन्द्रीय सदस्य बने रौनित साह

    निर्विरोध भएकामध्ये एमालेको सबैभन्दा कान्छो केन्द्रीय सदस्य बने रौनित साह

    काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सदस्यमा रौनित साह निर्विरोध निर्वाचित भएका छन्। मधेशबाट ४० वर्ष मुनिका युवाको तर्फबाट निर्विरोध निर्वाचित भएका साह निर्विरोध भएकामध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन्।

    २०५२ माघ २८ गते जन्मिएका साह सर्लाही जिल्ला कमिटी अध्यक्ष, ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै हाल भूमि आयोग सर्लाहीको पनि सदस्य छन्। साह विगत १३ वर्षदेखि पार्टी संगठनमा सक्रियतापूर्वक काम गर्दै आइरहेका छन्।