निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह - Chaitanya News
  • 2026-05-07
  • 20:37:58
  • बिहिबार,बैशाख २४, २०८३
  • निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह

    निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी छिन्।

    आज (बुधबार) ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई आ–आफ्नो ठाउँबाट सहयोग र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी हुन।

    उनले गत भदौ २३ र २४ गतेको जेन जेड युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेकोसमेत बताइन्।

    मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प निर्वाचन रहेको उनको भनाई छ।

    शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उनले बताइन्।