काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
यस्तै महाशाखाका अनुसार, आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ भने राति कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
यसैगरीि काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहनेछ।