नेपाली सेनाका दुई जना महासेनानी सहायक रथीमा बढुवा - Chaitanya News
  • 2026-04-28
  • 16:36:53
  • मंगलबार,बैशाख १५, २०८३
  • नेपाली सेनाका दुई जना महासेनानी सहायक रथीमा बढुवा

    नेपाली सेनाका दुई जना महासेनानी सहायक रथीमा बढुवा

    काठमाडौँ– नेपाली सेनाका दुई जना महासेनानी सहायक रथीमा बढुवा भएका छन्। महासेनानी विजय केसी र भीमशंकर वन सहायक रथीमा बढुवा भएका हुन्।

    नेपाली सेनाको बढुवा सिफारिस समितिको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त दुई सहायक रथीपदमा उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो।

    यस्तै बैठकले एक जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा, छ जना उपरथीहरू र सात जना महासेनानीहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

    केसी उपत्यका पृतनामा र वन सैनिक अभिलेखालयमा पदस्थापन भएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।