उच्चस्तरीय राजनीतिक संवाद समिति बनाउने सरकारको निर्णय - Chaitanya News
  • 2026-05-07
  • 21:01:31
  • बिहिबार,बैशाख २४, २०८३
  • उच्चस्तरीय राजनीतिक संवाद समिति बनाउने सरकारको निर्णय

    उच्चस्तरीय राजनीतिक संवाद समिति बनाउने सरकारको निर्णय

    काठमाडौं– सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ।

    आज (सोमबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो।

    समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।