मधेश प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै - Chaitanya News
  • 2026-05-07
  • 21:31:12
  • बिहिबार,बैशाख २४, २०८३
  • मधेश प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

    मधेश प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

    काठमाडौँ– मधेश प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (सोमबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

    उनले जनमतबाहेक सात दलीय गठबन्धनबाट मन्त्रालय तोकेर एक(एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।

    आज बसेको सात दलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एक–एक जना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

    ती नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ।