ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार, को कुन पदमा ? - Chaitanya News
  • 2026-05-07
  • 21:31:11
  • बिहिबार,बैशाख २४, २०८३
  • ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार, को कुन पदमा ?

    ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार, को कुन पदमा ?

    काठमाडौं– नेकपा एमालेको ११औं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ।

    अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन्। शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ।

    उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ। ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन। अहिले ओली र ज्ञवालीबीच छलफल जारी छ।

    यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले बतायो।

    ९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो ।

    ईश्वर पोखरेल समूहले पनि पदाधिकारीहरुको प्यानल टुंगो लगाइसकेको छ ।

    पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।