काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेको बेला ईश्वर पोखरेल समूहले प्यानल सार्वजनिक गर्न थालेको छ।
पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए।
अन्य पदका उम्मेदवार पनि टुंगो लगाउन छलफल चलिरहेको ती नेताको भनाइ छ।
मंगलबार नेतृत्व चयनका लागि मतदानको तयारी हुँदै गर्दा अध्यक्ष केपी ओलीलाई पोखरेलले चुनौती दिँदैछन्।