एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-11-28
  • 07:42:03
  • शनिबार,मंसिर १३, २०८३
  • एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण, हेर्नुहोस् सूची

    एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण, हेर्नुहोस् सूची

    काठमाडौं– स्टाफ कलेजको रुपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स)को प्रवेश परीक्षामा १६ डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन्।

    उत्तिर्ण भएकाहरुले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन्। २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका हाल डीएसपी बनेकाहरुले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए।

    जसमध्ये १६ जना मात्रै उत्तिर्ण भएका हुन्।

    यता प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्न नहुने भन्दै सर्वोच्चमा पनि २०७० ब्याचका प्रहरीले रिट पनि दायर गरेका छन्। प्रहरी ऐन, नियमावलीले नचिन्ने कोर्स गरेर प्रहरीको करिअरमै असर गर्ने हुँदा तत्काल लागू गर्न नहुने माग उनीहरूको छ।

    नेपाल प्रहरीमा पहिलो पटक २०७० को इन्सपेक्टरबो ब्याचबाट स्टाफ कलेज कोर्स लागू गरिएको छ। स्टाफ कलेज कोर्स पास नगर्नेहरू डीआईजी समेत बन्न नसक्ने बताइएको छ।