मंगलबार नेप्से ६० अंकले वृद्धि, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-04-30
  • 12:51:49
  • बिहिबार,बैशाख १७, २०८३
  • मंगलबार नेप्से ६० अंकले वृद्धि, कतिमा हुँदैछ कारोबार?

    मंगलबार नेप्से ६० अंकले वृद्धि, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं– मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ। प्रचण्ड नेतृत्वको नयाँ सरकार गठनभए लगत्तै सोमबार ५६ अंकले बढेको नेप्सेमा पुनः दोस्रो दिन ५९.८७ अंकको वृद्धि भएको हो।

    योसँगै दुई दिनमा नै ११५ अंकमाथिले बढ्दै नेप्से सूचक १९ सय ८३ विन्दुमा उक्लिएको छ। उसो त लामो समयपछि आज ३ अर्ब माथिको कारोबार हुन पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार झण्डै ६० अंकले नेप्से बढेको यसदिन ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर कारोबार भएको छ।

    १३ वटै उपसूचक १.४ प्रतिशतदेखि ४.६८ प्रतिशतले बढ्दा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लोगेको छ।