चार नयाँ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? - Chaitanya News
  • 2026-05-08
  • 01:59:34
  • बिहिबार,बैशाख २४, २०८३
  • चार नयाँ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

    चार नयाँ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

    काठमाडौँ– नवनियुक्त ४ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छन्।

    नवनियुक्त मन्त्रीहरूमध्ये कुमार इङ्नामले भूमि व्यवस्था, राजेन्दसिंह भण्डारीले श्रम, माधव चौलागाईले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा पाएका छन्।

    उनीहरूले आज शपथग्रहण गरेका छन् । उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको । अन्य मन्त्रीहरूको जिम्मेवारी भने यथावत् रहेको छ। अब कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।