अब हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री बद्री पाण्डेको घोषणा - Chaitanya News
  • 2026-06-23
  • 22:51:02
  • मंगलबार,आषाढ ०९, २०८३
  • अब हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री बद्री पाण्डेको घोषणा

    अब हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री बद्री पाण्डेको घोषणा

    काठमाडौँ– नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

    उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरू जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन्।

    पूर्वमन्त्री पाण्डेले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव लड्न अरूलाई मौका दिने बताए। २०७९ को निर्वाचनमा बाजुराबाट एमालेका कर्ण थापालाई पराजित गरेका पाण्डे जेन जेड आन्दोलनबाट अपदस्त भएको केपी ओली नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए।