यी हन् आज बन्ने नयाँ चार मन्त्री - Chaitanya News
  • 2026-05-07
  • 22:36:49
  • बिहिबार,बैशाख २४, २०८३
  • यी हन् आज बन्ने नयाँ चार मन्त्री

    यी हन् आज बन्ने नयाँ चार मन्त्री

    काठमाडौं– आज (शुक्रबार) सरकारले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ। प्रधानमन्त्री कार्कीले आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।

    शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।
    श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ।

    यसअघि मन्त्रिपरिषद् १० सदस्यी थियो। पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पुर्‍याइएको थियो। त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए।

    चौथोपटक विस्तार भएपछि १४ सदस्यीय हुने भएको छ।