मन्त्रिमण्डल विस्तार हुँदै, आज चार नयाँ मन्त्रीको सपथ - Chaitanya News
  • 2026-04-28
  • 19:35:03
  • मंगलबार,बैशाख १५, २०८३
  • मन्त्रिमण्डल विस्तार हुँदै, आज चार नयाँ मन्त्रीको सपथ

    मन्त्रिमण्डल विस्तार हुँदै, आज चार नयाँ मन्त्रीको सपथ

    काठमाडौं– आज (शुक्रबार) सरकारले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ।

    आज ४ जना नयाँ मन्त्री थपिने भएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आजै सपथग्रहण कार्यक्रम तय गरिएको छ।

    हाल १० सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीसहित आठवटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएकी छन्। परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा रहेका छन्।

    जेन जेड आन्दोलन सुरु भएको करिब तीन महिना पुग्न लाग्दा प्रधानमन्त्री कार्कीको नेतृत्वमा शुक्रबार सरकार पाँचौँ पटक पुनर्गठन हुन लागेको हो। २०८२ भदौ २७ गते गठन भएको सरकार भदौ ३०, असोज ६ र कार्तिक ९ गते गरी चार पटक विस्तार भइसकेको छ।