सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ सन्तोष परियारले पाए - Chaitanya News
  • 2026-10-14
  • 10:00:26
  • बुधबार,आश्विन २८, २०८३
  • सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ सन्तोष परियारले पाए

    सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ सन्तोष परियारले पाए

    काठमाडौँ– सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले पाएका छन्।

    उनले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बाबासाहेब डा. भीमराव अम्बेडकरको ‘शिक्षित हौ, संगठित हौ र सङ्घर्ष गर’ भन्ने भनाइबाट आफू सधैँ प्रभावित रहेको र अम्बेडकरको नामसँग जोडिन पाउँदा आफूलाई खुसीका साथै गम्भीर र जिम्मेवार महसुस भएको बताएका छन्। पुरस्कार ग्रहण गर्न उनी आज दिल्ली प्रस्थान गरेका छन्।