जेनजी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएकोओलीको टिप्पणी - Chaitanya News
  • 2026-05-07
  • 22:36:51
  • बिहिबार,बैशाख २४, २०८३
  • जेनजी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएकोओलीको टिप्पणी

    जेनजी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएकोओलीको टिप्पणी

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन्।

    आज (बिहीवार) काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए।

    उनले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गरे। ओलीले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे।

    उनले भने, ‘हिजो एउटा कलाविहीन नाटक भयो। त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्यो नि। त्यहीँ अस्वीकार भयो नि। त्यहीँ च्यातिदियो नि। त्यसकारण त्यो कलाबिहीन भद्दा नाटक हो।’

    उनले संसद पुनःस्थापनाको विकल्प नभएको पनि बताए। वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको उनको जिकिर थियो।