रतन देवकोटाले सुनाए जदौ हजुर भन्दै कर्णालीको पीडा - Chaitanya News
  • 2026-05-24
  • 19:44:53
  • आइतबार,जेठ १०, २०८३
  • रतन देवकोटाले सुनाए जदौ हजुर भन्दै कर्णालीको पीडा

    रतन देवकोटाले सुनाए जदौ हजुर भन्दै कर्णालीको पीडा

    काठमाडौं– झर्‍यो भुइँमा टोपी हजुर, निउरिँदा शिर
    कस्लाई सुनाऊँ, कहाँ सुनाऊँ, कर्णालीको पीर

    सातौं संस्करणको किताब जात्रा महोत्सवमा जदौ ब्याण्डका गायक रतन देवकोटाले कर्णालीको गाथालाई यसरी सुनाएका छन्।

    देवकोटाको लेखन, संगीत रहेको गीत केही समयअघि सार्वजनिक भएको थियो। प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा उक्त गीतमा देवकोटाले कर्णालीको दुःख, पीडा र त्यहाँका जनताको जीवनका व्यथालाई पोखेका थिए। उनको स्वरले माहोल निकै भावुक भनाएको थियो।

    गीतैमार्फत उनले कर्णालीको पीडामा सरकारको उदासिनता, जनताको कठिन जीवनदेखि छिमेकी देशको विकाससम्मको कुरा प्रस्तुत गरेका थिए। छिमेकी देश चन्द्रामा पुग्दा रोग र भोकको त्रासमा रहेको कर्णालीमा मोटरबाटो र औषधि समेत नपुगेको यथार्थ गीतमा सुनिदै गर्दा माहोल अझै शून्य बन्यो।

    कार्यक्रममा जदौ ब्याण्ड समूहले कम्पनी माला गीतसमेत प्रस्तुत गरेका थिए।