कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि हुने - Chaitanya News
  • 2026-04-30
  • 12:51:50
  • बिहिबार,बैशाख १७, २०८३
  • कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि हुने

    कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि हुने

    काठमाडौ– कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि हुने भएको छ।

    एनसीसी बैंक र कुमारी बैंक एक आपसमा मर्जर भएपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो।

    पुस १७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि यी दुई बैंकले पुस १५ र १६ गते सबै शाखा कार्यालयलाई सार्वजनिक विदा दिएको छ। मर्जरपछि उक्त बैंकको रजिष्टर्ड कार्यालय टंगालमा रहने बताइएको छ।