काठमाडौँ– कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी राजेन्द्र कुमार पौडेल दिइएको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव पौडेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरेको हो।
केही समयअघि प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै उनको ठाउँमा राजेन्द्रकुमार पौडेलको पदस्थापन भएको हो। सरकारले चन्द्रकला पौडेललाई मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ।