कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी - Chaitanya News
  • 2026-08-02
  • 22:55:14
  • आइतबार,साउन १७, २०८३
  • कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

    कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

    काठमाडौं- अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन्।

    बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो।

    बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।