आज देशभरको मौसम मुख्यतया सफा रहने - Chaitanya News
  • 2026-10-13
  • 12:35:01
  • मंगलबार,आश्विन २७, २०८३
  • आज देशभरको मौसम मुख्यतया सफा रहने

    आज देशभरको मौसम मुख्यतया सफा रहने

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

    जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

    राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।