केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै, सचिवमा बढुवासँगै केही सहसचिवको सरुवा हुँदै - Chaitanya News
  • 2026-10-13
  • 12:34:32
  • मंगलबार,आश्विन २७, २०८३
  • केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै, सचिवमा बढुवासँगै केही सहसचिवको सरुवा हुँदै

    केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै, सचिवमा बढुवासँगै केही सहसचिवको सरुवा हुँदै

    काठमाडौँ– आज (सोमबार) केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कार्यालयमा बस्ने भएको छ ।

    बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावसँगै केही महत्त्वपूर्ण विषयमा निर्णय हुने जनाइएको छ।

    स्रोतले दिएको जनकारी अनुसार आजको बैठकले न्याय सेवातर्फका केही सहसचिवको सरुवा गर्न सक्ने जनाइएको छ। साथै, प्रशासनतर्फ रिक्त एक सचिव पदमा बढुवा हुने पनि बताइएको छ।

    त्यसैगरी उखुको न्यूनतम खरिद मूल्य निर्धारणसँगै केही कार्यालय तथा निकायहरूको संगठन संरचना तथा दरबन्दी तेर्स्याउने प्रस्ताव पनि अनुमोदन हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

    साथै, आजको बैठकमा नेपाली सेनातर्फ विशेष बढुवासम्बन्धी प्रस्ताव समेत छलफलमा आउने जनाइएको छ। बैठक प्रधानमन्त्री सुशीला कार्कीले बोलाएकी हुन् ।