नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई - Chaitanya News
  • 2026-10-14
  • 14:46:54
  • बुधबार,आश्विन २८, २०८३
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई

    नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई

    काठमाडौँ– सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ।

    प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी मंसिर १७ गतेदेखि निलम्बनमा रहेकाले डंगोललाई अर्को व्यवस्था नभएसम्म महानिर्देशकको जिम्मेवारी दिइएको हो।

    प्रधानमन्त्री तथा सम्बन्धित विभागीय मन्त्रीस्तरको निर्णय अनुसार, प्राधिकरणको कार्य सञ्चालनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम सहसचिव डंगोललाई महानिर्देशकको कामकाज गर्ने थप जिम्मेवारी दिइएको छ।