आँधिखोला लघुवित्तद्वारा ३१.५८ प्रतिशत लाभांश घोषणा - Chaitanya News
  • 2026-04-30
  • 12:51:49
  • बिहिबार,बैशाख १७, २०८३
  • आँधिखोला लघुवित्तद्वारा ३१.५८ प्रतिशत लाभांश घोषणा

    आँधिखोला लघुवित्तद्वारा ३१.५८ प्रतिशत लाभांश घोषणा

    काठमाडौँ– आँधिखोला लघुवित्तले गत आर्थिक वर्ष २०७८–७९ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    कम्पनीको पुस ८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८्र–७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद गरि कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

    गत वर्षको तुलनामा कम्पनीले लाभांश दर बढाएको छ। गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो।

    सिवाइसी नेपाल लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।