एनपिएल: काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा - Chaitanya News
  • 2026-06-05
  • 14:43:24
  • शुक्रबार,जेठ २२, २०८३
  • एनपिएल: काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा

    एनपिएल: काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा

    काठमाडौँ– त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन्।

    पोखराले टस जितेर बलिङ रोजेको छ। पाँच खेलबाट चार अंकमात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ।

    काठमाडौँले भने छ खेलबाट आठ अंक जोडेको छ। लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ प्लेअफमा सुरक्षित हुन चाहन्छ। आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन्। मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।