काठमाडौँ– एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली काठमाडौं फिर्ता भएको छ।
हिजो (मंगलवार) बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारीले स्वागत गरे।
एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ। नेपाल फाइनलमा आयोजक युएईसँग २७ रनले पराजित भएको थियो।
प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली एसिया कपमा छनोट भएका छन्। यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा आयोजना हुँदैछ।