बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम - Chaitanya News
  • 2026-05-02
  • 11:21:12
  • शनिबार,बैशाख १९, २०८३
  • बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम

    बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।

    यस्तै, आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो। आजको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ।