एसिसी यू–१९ प्रिमियर कपमा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै - Chaitanya News
  • 2026-04-29
  • 00:08:28
  • मंगलबार,बैशाख १५, २०८३
  • एसिसी यू–१९ प्रिमियर कपमा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

    एसिसी यू–१९ प्रिमियर कपमा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

    काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ।

    उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ। नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो।

    नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ।

    सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ।

    तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन्। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो। यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।