काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-05
  • 14:55:33
  • शुक्रबार,जेठ २२, २०८३
  • काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य

    काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य

    काठमाडौं– कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा अलआउट भएको हो।

    काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए। उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे। यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। तर, सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन्।

    १५ ओभरमा १०९–३ को अवस्थामा रहेको काठमाडौंले त्यसपछि थप ३३ रन जोड्दा बाँकी ७ विकेट गुमाएको हो।

    चितवनका बलरले उत्कृष्ट कमब्याक गरेपछि काठमान्डु अलआउट भएको हो। चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। रन्जित कुमार र कमलसिंह ऐरीले दुई–दुई तथा रवि बोपाराले एक विकेट लिए।