देशभर चिसो बढ्दै, कुन सहरको तापक्रम कति ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-05-02
  • 12:26:13
  • शनिबार,बैशाख १९, २०८३
  • देशभर चिसो बढ्दै, कुन सहरको तापक्रम कति ? हेर्नुहोस् सूची

    देशभर चिसो बढ्दै, कुन सहरको तापक्रम कति ? हेर्नुहोस् सूची

    काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म पुग्ने देखिन्छ। आज अधिकतम तापक्रम भने २१ डिग्री सेल्सियससम्म रहने महाशाखाले जनाएको छ।

    यस्तै, डडेलधुराको अधिकतम तापक्रम १५–१७ डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम ४–६ डिग्री सेल्सियस रहनेछ। दिपायलको अधिकतम तापक्रम २४–२६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ५– ७ डिग्री सेल्सियस रहने अनुमान छ।

    धनगढीको अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियस र न्युनतम तापक्रम ९–११ डिग्री सेल्सियस रहने अनुमान छ।