गभर्नर अधिकारीले लिए विद्युतीय भुक्तानीबारे जानकारी - Chaitanya News
  • 2026-04-30
  • 12:51:48
  • बिहिबार,बैशाख १७, २०८३
  • गभर्नर अधिकारीले लिए विद्युतीय भुक्तानीबारे जानकारी

    गभर्नर अधिकारीले लिए विद्युतीय भुक्तानीबारे जानकारी

    काठमाडौ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौं उपत्यकाका तरकारी बजारमा विद्युतीय भुक्तानीको अवस्थामा बारेमा जानकारी लिएका छन्।

    आइतबार नक्सालको तरकारी बजारमा पुगेर गभर्नर अधिकारीले दुई वर्ष अगाडि सुरु गरिएको विद्युतीय भुक्तानी क्यूआर कोडको अवस्थाका बारेमा जानकारी लिएका हुन्।

    सो क्रममा गभर्नर अधिकारीले तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानीको अवस्था सन्तोषजक पाइएको बताए। राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखेको भन्दै उनले सर्वसाधारणले पनि साथ दिनुपर्ने बताए।

    गभर्नर अधिकारीले विद्युतीय भुक्तानीलाई अव देशव्यापी बनाउनुपर्ने बताए।