1. तलका भनाई विचार गरि सहि विकल्प छनौट गर्नुहोस् ।
क) यान्त्रिक क्रान्ति भनेर औद्योगिक क्रान्तिलाई चिनिन्छ ।
ख) कागजको आविष्कार चिन देखि भएको हो ।
ग) फ्रान्सको राज्यक्रान्ति सन् १७८९ मा भएको थियो ।
घ) गौरवमय क्रान्तिलाई रक्तवीन क्रान्ति पनि भनिन्छ ।
ङ) म्याग्नाकार्टामा ४९२२ शब्दहरु रहेका थिए ।
A.क,ख र ग मात्र ठिक B.ख,ग र घ मात्र ठिक
C.क र ग मात्र ठिक D.माथिका सबै ठिक
2.रुसी क्रान्ति कहिले सम्पन्न भएको थियो ?
A.सन् १९१७ अक्टोबर २५ B.सन् १९१८ जनवरी १०
C.सन् १८१७ अक्टोबर १० D.सन् १९१९ जनवरी ५
3. A Brief History of time पुस्तकका लेखक को हुन् ?
A. स्टेफन विलियम हकिन्स B. अल्फ्रेड वर्नाड नोबेल
C. रवर्ट वायल D. रोयण्ड जोन
4. जोडा मिलान गरि सहि विकल्प छनौट गर्नुहोस् ।
a.प्रमुख अंग 1. जिम्मा जमानी परिषद्
b.कार्यकारी अंग 2. सुरक्षा परिषद्
c.प्रशासनिक अंग 3. महासभा
d.सफल अंग 4. सचिवालय
A) a3,b1,c2,d4 B) a1,b2,c3,d4
C) a3,b2,c4,d1 D) a4,b1,c3,d2
5. सत्यवती ताल कुन जिल्लामा पर्छ ?
A. कपिलवस्तु B. चितवन C. कास्की D. पाल्पा
6. नेपालको प्रमुख पदयात्रा मार्गहरुलाई पश्चिम देखि पूर्वतर्फ मिलाउँदा तलका मध्ये कुन क्रम सही हुन्छ ।
1. मनास्लु सर्किट टेक
2. अप्पर मुस्ताङ टेक
3. लाङटाङ उपत्यका टेक
4. अन्नपुर्ण सर्किट टेक
A, 3-1-2-4 B) 3-1-4-2 C) 1-2-3-4 D) 4-2-1-3
7. क्युटो प्रोटोकल के सँग सम्बन्धित छ ?
A.दुर्लभ पशुपंक्षी B. जीवजन्तु सम्बन्धी महोत्सव
C.हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण D. सिमसार महासन्धि
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. संयुक्त राष्ट्र संघको पहिलो महासचिव 1.ट्रिग्वेली
b. कार्यकालमा नै दुर्घटनामा परी मुत्यु हुने 2.उ-थान्त
c. नेपाल भ्रमण गर्ने पहिलो महासचिव 3.ड्याग ह्यामर शोल्ड
d. अफ्रिका महादेशबाट भएको पहिलो 4.डा.बुत्रोस बुत्रोस घाली
A) a1,b2,c3,d4 B) a2,b1,c3,d4
C) a1,b3,c2,d4 D) a1,b3,c4,d2
9. नेपालसँग सर्वप्रथम र सबैभन्दा पछि दौत्य सम्बन्ध स्थापना भएको सार्क मूलुक कुन कुन हुन् ?
A.भारत र भुटान B.भारत र श्रीलंका
C. भारत र बंगलादेश D.भारत र पाकिस्तान
10.नेपालको वर्तमान संविधानको कुन धारामा नेपालको शासकीय स्वरुपको बारेमा उल्लेख गरिएको छ ?
A.धारा ५३ B. धारा ५८ C.धारा ७४ D. धारा ७७
11. जोडा मिलान गरि सहि विकल्प छनौट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a.मोटर कार 1.हेनरी बेसेमर
b.ग्यास ईन्जिन 2.हेनरी फोर्ड
c.प्रेसर कुकर 3.रोबर्ट ब्वाईल
d.स्टील मेल्टिङ प्रोसेस 4.डायमलर
A) a2,b1,c4,d3 B) a2,b1,c3,d4
C) a4,b3,c1,d2 D) a2,b4,c3,d1
12.जल प्रदुषणबारे सर्वप्रथम चर्चा गर्ने व्यक्ति को हुन ?
A.इरेट स्थिनिज B.हिप्पोक्रिट्स C. अटोहान D. आर्कमिडिज
13.तलका मध्ये गलत भनाई छुट्ट्याउनुहोस् ।
A. माराकेश सम्झौता WTO स्थापना गर्ने सम्झौता हो ।
B. ब्रेटन उड सम्मेलन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष स्थापना गर्ने सम्मेलन हो ।
C. WTO को १२ औ मन्त्रिपरिषद बैठक (MC13) 2024 मा UAE भयो ।
D. WTO को अन्तिम सदस्य टिमुर लिस्टे हो ।
14. ग्रेगर जोहान मेण्डलले प्रतिपादन गरेको Law of Heredity लाई T.H Morgan ले कुन जनावरमा प्रयोग गरेका थिए ?
A) Monkey B) Drosophila C) Human D) Dolley
15.पर्यटन परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ?
A. प्रधानमन्त्री B. राष्ट्रपति C. पर्यटनमन्त्री D. परराष्ट्रमन्त्री
16.जोडा मिलाउनुहोस ।
राजपत्रको भाग प्रकाशित हुने विषय
अ) भाग ६ i) राजपत्रमा प्रकाशित गर्ने भनि तोकिएका विषयहरु
आ) भाग २ ii) नियुक्ती, सरुवा र बढुवासँग सम्बन्धित
इ) भाग ५ iii) ऐन वा अध्यादेश
ई) भाग ४ iv) द्विपक्षीय र बहुपक्षीय सन्धिहरु
A) अ-ivआ-iii इi ईii B) अ iiiआ i इ iv ई ii
C) अiiiआiv इii ईi D) अ iआ ii इ iii ई iv
17.खेमा लिपि कुन जातिसंग सम्बन्धित छ ?
A. मगर B. गुरुङ C. तामाङ D. किँरात
18. पृथ्वीलाई ठिक विचबाट आधा हुने गरी पृथ्वीको पूर्व पश्चिम दिशातर्फ उत्तर दक्षिण हुने गरी खिचिएको तेस्रो काल्पनिक रेखालाई……………..भनिन्छ ?
A. अन्तर्राष्ट्रिय तिथी रेखा B. अक्षांश रेखा C. देशान्तर रेखा D. भूमध्य रेखा
19. संयुक्त राष्ट्रसंघले सन् २०१८ देखी २०२८ सम्मलाई कुन दशकको रुपमा मनाईरहेको छ ?
A) International Decade for Action ‘Water for Suitable Development’
B) Sustainable Energy Decade
C) The Poverty Education Decade
D) Decade to Combat Desertification
20.देहायका मध्ये कुन जोडा गलत छ ?
A.गोरखा भाषा प्रकाशित – वि.सं. १९६९ B.राजपत्रको प्रकाशन – वि.सं. २००८
C.महाकाली सन्धी – वि.सं. २०५३ D.राहदानी विवरण – वि.सं. २००९
उत्तरहरूः
1. D 11. D
2. A 12. B
3. A 13. C
4. C 14. B
5. D 15. A
6. B 16. A
7. C 17. B
8. C 18. D
9. A 19. A
10. C 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100