काठमाडौं– हुन त सबै तरकारीका आआफ्नै फाइदा छन्। तरकारी स्वास्थ्यका लागि लाभकारी नै हुन्छन्। तीमध्ये पनि कुनै तरकारी मौसमअनुसार औषधीय गुण भएका हुन्छन्। यति बेला जाडोयाम बाँकी नै छ। जाडोमा केराउ (मटर) खानु निकै लाभदायक हुने विज्ञहरूको भनाइ छ।
चिसो मौसममा केराउ प्रमुख तरकारी हो। केराउको स्वाद थाहा भए पनि यसको गुणका बारेमा धेरैलाई थाहा नहुन सक्छ। केराउको नियमित प्रयोगले क्यान्सर, मोटोपनलगायतका बिरामीबाट पनि छुटकारा पाउन सकिन्छ।
– हरियो केराउको नियमित प्रयोगले क्यान्सरको खतरा कम गर्छ। हरेक दिन यो खानाले शरीरबाट क्यान्सरको घातक एलिमेन्ट हटाउने काम गर्छ।
–हरियो केराउ फाइबरले भरिपूर्ण हुन्छ। यसले हाम्रो शरीरलाई इनर्जी दिनुका साथै मेटाबल्जिम बढाउने काम गर्छ। यसले शरीरमा भएको बोसोको मात्रा घटाउँछ।
– नियमित केराउ प्रयोग गर्नाले मधुमेह हुँदैन। मटरले शरीरमा खुनको स्तरलाई नियन्त्रित गर्ने काम गर्छ। यसबाट मधुमेहको समस्या हुन पाउँदैन।
– केराउले शरीरमा कोलेस्ट्रोल बढ्न दिँदैन। यसको प्रयोगले शरीरमा ट्राइग्लिसराइड्सको स्तर बढ्न पाउँदैन र कोलेस्ट्रोल नियन्त्रण हुन्छ।
– केराउ स्वास्थ्यसँगै सुन्दरताका लागि पनि लाभकारी मानिएको छ। केराउको लेप अनुहारमा लगाउँदा चाउरीपन कम भई चमक ल्याउँछ।