फिक्का लाग्छ गुलावको सुन्दरता। फूल बागको महकता महकता जस्तो लाग्दैन। तर, तिम्रो सुन्दरता र महकता दिवाना बनाउने नै छ मनचरी। के सुन्दरताको ओज शब्दको तराजुमा जोख्नु उपयुक्त होला त? पक्कै पनि होइन। तर, तिमिप्रति हृदयमा उर्लिएका प्रेमिल ज्वारभाटालाई म मनमै उकुसमुकुस पार्न पनि त सक्दैन। म प्रेम दिवानासँग त्यो सामर्थ नै कहाँ छ र?
यो मन त्यसैत्यसै तिम्रो कल्पनाको माधुर्यतामा वसन्तऋतुसँग वयली खेली रहेको थियो। हजारौं पीडा भएनी तिम्रो अदृश्य मुस्कानका प्यालाबाट निस्केको सहमतिको पर्दाबाट खुलेको हासोले सबै पीडा भुलाइदिन्थ्यो ।
यो चैतमासको समय हो। मनमा भदौरे झरीले फसटाएका धानकावाला झैँ लहराउँदै हावाको स्पर्शमा नाँचेको थियो यो मन। राजधानीको बसाइ यादगार त वनायौं। तर, आगामी यात्रा कहाँसम्म जाने हो? बस मनमा यही डर लागिरक्छ। मेरो राजधानी बसाइ तिमिले देखाएको विश्वासको उपजै त हो।
मनचरी यो मनका वह निस्पट रातमा लेख्दैछु। म मनका बह भनिरहन्थेँ, तिमि पनि त त्यसै गर्थ्यौं। समय मिलेछ र यी शब्दमा घोत्लिने मौका पाए तिमिले पक्कै पनि पढ्ने छौं भन्ने विश्वास लिएको छु। तिमिले जे गरे पनि मेरो अतित र सम्झना यी पानामा अब अमर बनेर कैद हुने छन्। सेतो पानामा कैद हुने शब्दले मलाई विगत तिर डोर्याउनेछ। साइली सम्बन्ध यस्तै प्रगाढ रहिरहसोस है। यस सेतो कागजमा लेखेका शब्द मेटिए पनि मुटुमा बसेको तिम्रो पिरतीको डाम कहिले मेटिने छैन।
पर्खाइको पल साह्रै मिठो थियो। त्यो सधैँ हिँडिरहने बाटोनी कस्तो नयाँ ठाउँ जस्तो। तिमिले ३ बजेको समय दिएकी थियौं। र, पनि मलाई पर्खाई युगौंको झैँ लागिरहेको थियो। मनमा तिमि नै तिमि थियौं। आँखामा तिम्रै तस्बि नाचिरहेको थियो। हामीबीच एक आपसमा कुरा साट्न हुन्थ्यो। एकान्तमा घण्टौं गफिन मन हुन्थ्यो। तर, भेटको खुला चौतारी त्यही चिया पसल थियो। जसको म आफैँ पारखी होइन।

कस्तो अच्चमनी मनचरी शंकरदेव क्याम्प एमबीस दोस्रो वर्षको पठाइएको अन्तिम-अन्तिम समयमा हामी यति नजिक भएका थियौं। यदि क्याम्पसमा स्ववियूको कुरो नहुँदो होत तिमिहामी यसरी एक हुने थिएनौं। मत सुपबाट पठाइ पुरा गर्न र नयाँ अनुभव लिन राजधानी आएको मान्छे। सायद केही समय यसरी नै वित्दो हो त हामीबीच कहाँ आत्मिय सम्बन्ध हुन्थ्यो होला हगि। मनमा ताजै छ मनचरी नजिकीएको नयाँवर्षको योजनामा म विफलहुँदाको पीडा। मान्छे सधैँ सफल हुँदैन, तिमि भन्थ्यौं नी। मेरो जीवनमा त्यो समयमा त्यही सत्य लागू भयो।
तिमि रिषाउँदा मलाई आनन्द लाग्थ्यो। तिम्रो रिष रिष जस्तो नै लाग्थेन, प्रेममा इमान्दार बन भनेर दिएको सुझाव झैँ लाग्थ्यो। अँ मनचरी थाहा छ मैले तिमिलाई भनेको थिएनी घुम्ने समय र स्थान तिम्रोजिम्मा। त्यो तिमिले सहजै पुरा गर्यौं। पर्खाइको समयमा भएको भलाकुसारी थाहा छ, नी तिमिलाई मैले भनेको थिए, धेरै मेकअपनगर। म तिम्रो ब्याइ प्राण्ड होइन भनेर। तिमिले कति सहजै जवाफ दिएकी थियौं है। यतिमात्र कहाँहोर? हामीले त्यो ठाउँ जहाँ पानीपुरी र चटपटको विषयमा झगडा गरेका थियौं। कस्तो रमाइलो है त्यो दिन। अतितको सम्झना कति मिठो हुँदो रहेछ।
हँसिलो चेहरा, मिठो मुस्कान, हल्का लजाउने स्वाभाव, कस्ति प्यारी। आँखा यतिसम्म तल्लिन हुन्थेकी साच्चै तिमि आउने छौं र म तिमिलाई देख्न पाउन्छु। विश्वास थियो र पनि यो राजधानी होरे यहाँमान्छे भावनासँग खेल्छन्। धेरैले भनेका कुरा मेरो मनमा खेली रहेको थियो। तर, तिमि साच्चै विश्वासिली छौं। मेरो विश्वासलाई तिमिले जिवन्तता दिनेछौं भन्ने विश्वास नी लिएको छु। हामी कति निस्फिक्रि भएर हिँडेका थियौं है। मैले भन्न डराउनु पर्छ, लजानु पर्छ भन्न खोजेको होइन। तर, हामी एकअर्का विश्वास भएरै त त्यति निस्फिक्रि हुन सकेका हुला।
म गर्व घमण्डका साथ त्यो बगैँचामा थिएनी मनचरी जहाँ हामीले आफ्ना भावना साटासाट गरेका थियौं। त्यो पूलको रंग अनी मेलखाने तिम्रा कपडा, नङमा लगाएको नेलपोलिस मैले ननियालेको पक्कै पनि होइन। प्राकृतिक सुन्दरताबीच तिमिमा न कुनै रंगको अभाव थियो न त कुनै सुगन्धको कमी। म त्यो प्रकृतिसँग जिस्किरहेको थिए, साँच्चै प्रकृति, तिमि र मसँगआज एउटा–एउटा फूल छ, तिमिसँग भएको फूलले खालीमौन समर्थन दिन्छ। मसँग भएको फूलले मसँग आफ्ना भावना साटासाट गर्न सक्छ। मलाई यो पनि थाहा प्रकृति त्यो फूल तिमिले मलाई दिएको उपहार हो। मैले यति भनी रहँदा तिमिले मलाई मौन समर्थन दिएकी थियौं है प्रकृति।
हामी बसेको चारे तिर आफ्नै किसिमको माहोल थियौं। कतै नाची रहेका रहेका थिए। कतै गफमा व्यस्त थिए कोही आफ्ना भावना साटासाट गरी रहेका थिए। कोही अंकमाल गरी आफ्ना भावना साटासाट गरी रहेका थिए। यो त्यही स्थानको दृश्यहो। जहाँ हामी प्रकृतिसँग रमाएका थियौं।
समय छोटा थियो। हामीबीच भलाकुसारी हुँदै थियो। र, पनि मनमा अनेकन कुरा हुँदा पनि हामी छुट्टीनुको विकल्प थिएन। हुनत साइली अर्को दिनको मिलनको लागित्यो दिन छुट्टीनु अनिवार्य थियो। थाहा छ, जुन विछोडको पीडा मलाई थियो मै त्यो मनलाइ सोध्ने प्रयास नी गरेन। खै साइली तिमिले याद गर्यौ कि गरिनौं मैले भनेको थिए। जब तिमि हामीलाई आफ्नो बिहेको निम्तो दिनेछौं त्यस वखत हामी विवाहमा तिम्रो विदाइको हातहल्लाउन सक्छौं देख्न सक्दैनौं किनकी पापी आँशुले बाटो छेक्ने छ। मलाई अधिकारबाट वञ्चित गर्नेछ। जहाँ अन्तिम भेट हुनेछ।
त्यो दिनको अन्तिम प्रहरमा मैले भनेको थिएनी साइली बिदाइको समयमा हात हल्लाएर मात्र छुटिनेछु। मैले बिदाइका हात हल्लाउँदा मनमा भने आस पलाएकै थियो आशपलाएकै थियो।
पूर्वविद्यार्थी- शंकरदेव एमबीएस