1.२३ औ विश्वकप फुटबल प्रतियोगिता सन् २०२६ कहाँ आयोजना हुने भएको छ ?
A. स्पेन, संयुक्त राज्य अमेरिका र क्यानडा B. कतार, UAE र मलेसिया
C. ब्राजिल, मेक्सिको र क्यानडा D. संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा
2. राष्ट्रिय विज्ञान दिवस,२०८२ को नारा के रहेको थियो ?
A. विज्ञान र प्रविधि : उज्यालो भविष्य B. विज्ञान तथा प्रविधि : विकास उत्पादन वृद्धि
C. विज्ञान :दिगो विकासको आधार D. प्रविधि : नयाँ नेपालको शक्ति
3. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार प्रतिव्यक्ति कुल खर्च योग्य आय कति अमेरिकी डलर रहेको छ ?
A. १६६४ अ. डलर B. १७६४ अ. डलर C. १९६४ अ. डलर D. १८६४ अ.डलर
4. तल दिइएका मन्दिर र तिनीहरुको निर्माण शैलीको सम्बन्धमा उपयुक्त जोडा मिलाउनुहोस् ।
क) पशुपतिनाथ मन्दिर १. शिखर
ख) कृष्ण मन्दिर २. ग्रन्थकट
ग) बालगोपालेश्वर मन्दिर ३. मिश्रित
घ) रामजानकी मन्दिर ४. प्यागोडा
A. क४, ख१, ग२, घ३ B. क३, ख४, ग१, घ२
C. क२,ख३,ग४,घ१ D. क१, ख२, ग३, घ४
5. कोलम्बिया र उज्वेकिस्तान नयाँ विकास बैंक (New Development Bank) को कहिले नयाँ सदस्य बनेका छन् ?
A. २०२५ जनवरी ६ B. २०२५ फेब्रुअरी ०७ C. २०२५ अगष्ट ७ D. २०२५ जुलाई ६
6. तल दिइएका शासनकालको सही क्रम मिलाउनुहोस् ।
A. सोमवंश, अभिरवंश, किरातकाल, B. अभिरवंश, किरातकाल, सोमवंश
C. किरातकाल, सोमवंश, अभिरवंश D. सोमवंश, किरातकाल, अभिरवंश
7. नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकहरु बीच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. बेलायत 1. सन् १९४७ अप्रिल
b. संयुक्त राज्य अमेरिका 2. सन् १९५६ जुलाई
c. भारत 3. सन् १९४७ जुन
d. जापान 4. सन् १८१६ मार्च ३
A) a1,b2,c3,d4 B) a1,b2,c3,d4 C) a4,b1,c3,d2 D) a4,b3,c2,d1
8. संयुक्त राष्ट्र संघको झण्डाको डिजाईनर को हुन् ?
A) Robert Kingston B) Edward Marshall C) Thomas Riley D) Donal McLaughlin
9. पशुपतिनाथलाई राज मान्यता दिने राजा को हुन् ?
A. पृथ्वीनारायण शाह B. जयस्थिती मल्ल C. आदित्य मल्ल D. अंशुवर्मा
10. जनसंख्याको आधारमा महानगरपालिका धेरै -थोरै क्रम कुन सहि छ ?
A. काठमाण्डौँ, पोखरा, भरतपुर, ललितपुर, वीरगञ्ज
B. काठमाण्डाँ, भरतपुर, पोखरा, बीरगञ्ज, ललितपुर
C. काठमाण्डाँ, ललितपुर, वीरगञ्ज, पोखरा, भरतपुर
D. पोखरा, काठमाण्डाँ, भरतपुर, वीरगञ्ज, ललितपुर
11. चौविसे राज्यमा गण्डकी क्षेत्रभित्र नपर्ने राज्य कुन हो ?
A. दर्ना B. पाल्पा C. धुर्कोट D. मुस्ताङ
12.अजरवैजान वाकुमा भएको कोप सम्मेलन कति औ सम्मेलन हो ?
A. 20 औ B. 29 औ C. 27 औ D. 23 औ
13. तलका भनाई विचार गर्नुहोस् । सही विकल्प छान्नुहोस् ।
a. राष्ट्रकवि माधव प्रसाद घिमिरेको मुत्यु वि.सं. २०७७ भदौँ २ मा भयो ।
b. शताब्दी पुरुष सत्यमोहन जोशीको मुत्यु २०७९ असोज ३० मा भएको हो ।
c. भजन शिरोमणी भक्तराज आचार्य को मुत्यु २०८० फागुन १ मा भयो ।
A. a र b मात्र ठीक B. a र c मात्र ठीक
C. b र c मात्र ठीक D. सबै ठीक
14. कर्कट, भुमध्य र मकर तिनै रेखाले काटेको महादेश कुन हो ?
A. अफ्रिका B. एशिया C. अष्ट्रेलिया D. दक्षिण अमेरिका
15. SAARC मुलुकसँग नेपालको दौत्य सम्बन्ध कायम भएको पहिलोबाट पछिको क्रम कुन सहि हो ?
A. भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान
B. माल्दिभ्स, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भारत, भुटान
C. भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स, बंगलादेश, भुटान
D. भारत, श्रीलंका, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान
16. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा LP GAS प्रयोग गर्ने परिवारको संख्या कति प्रतिशत रहेको छ ?
A. ४२.३ प्रतिशत B. ४४.३ प्रतिशत C. ४६.३ प्रतिशत D. ५१ प्रतिशत
17. १६ औ योजनाको अन्तसम्ममा माटोको जैविक पदार्थको मात्रा कति प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ?
A. ४.५ प्रतिशत B. ३.५ प्रतिशत C. ५.५ प्रतिशत D. २.५ प्रतिशत
18. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. लोपोन्मुख समूह 1. कुमाल
b. अति सिमान्तकृत समूह 2. याक्ख्या
c. सीमान्तकृत समूह 3. राजी
d. सुविधा वञ्चित समूह 4. माझी
A) a2,b1,c4,d3 B) a4,b3,c1,d2 C) a3,b4,c1,d2 D) a2,b3,c4,d1
19.कुन योगिकले गर्दा खुर्शानी पिरो हुन्छ ?
A. क्याप्साइसिन B. सोडियम साईट्रेड
C. स्कर्भिक एसिड D. मालिक एसिड
20. Anti infective vitamin कुन भिटामिनलाई अर्को नामले चिनिन्छ ?
A. भिटामिन A B. भिटामिन B C. भिटामिन C D. भिटामिन D
उत्तरहरूः
1. D 11. A
2. B 12. B
3. D 13. D
4. A 14. A
5. D 15. A
6. B 16. B
7. C 17. D
8. D 18. C
9. D 19. A
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100