कस्तो रहला आज देशभरको मौसम ? - Chaitanya News
  • 2026-06-05
  • 19:52:45
  • शुक्रबार,जेठ २२, २०८३
  • काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ।

    यस्तै महाशाखाका अनुसार, आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

    यसैगरी, आज काठमाडौँको न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ।