सहसचिव र उपसचिवको बढुवा तथा विज्ञापन प्रक्रिया पुनः सुरु गर्ने निर्णय - Chaitanya News
  • 2026-05-23
  • 15:58:53
  • शनिबार,जेठ ०९, २०८३
  • सहसचिव र उपसचिवको बढुवा तथा विज्ञापन प्रक्रिया पुनः सुरु गर्ने निर्णय

    सहसचिव र उपसचिवको बढुवा तथा विज्ञापन प्रक्रिया पुनः सुरु गर्ने निर्णय

    काठमाडौँ– सहसचिव र उपसचिव तथा सो सरह पदका बढुवा, आन्तरिक प्रतिस्पर्धा (आ.प्र.) र खुला तथा समावेशी विज्ञापनका दरखास्त संकलनलगायतका कार्य सुचारु गर्ने निर्णय भएको छ।

    नेपाल प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक) सहसचिव वा सो सरह पद र प्रशासन सेवा, लेखा समूहका राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक) उपसचिव वा सो सरह पदका बढुवा तथा विज्ञापन प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको लोक सेवा आयोगले जनाएको छ।

    यसअघि उच्च अदालत पाटनले रिट नं.०८२-WO-०५८० २०८२-WO-०५९१, सहसचिव वा सो सरह तथा रिट नं.०८२-WO-०५९४ उपसचिव वा सो सरह पदमा बढुवा सूचना तथा विज्ञापनहरूमा दरखास्त संकलन लगायतका कामकारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशका कारण मिति २०८२ कार्तिक १७ मा आयोगले सम्बन्धित बढुवा सूचना तथा विज्ञापन प्रक्रियालाई अर्को सूचना नआएसम्मका लागि स्थगन गरेको थियो।

    तर, अदालतले मिति २०८२ कार्तिक २४ मा उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि आयोगले सो आदेश कार्यान्वयन गर्दै स्थगित प्रक्रियालाई आजदेखि पुनः सुरु गरेको हो।