1. निम्न मध्ये कुन नदी आन्ध्रमहासागरमा मिसिदैन् ?
A, राईन B. टिग्रिज C. कङगो D. नाईजर
2. सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो ?
A. वि.सं. २०३२ B. वि.सं. २०३१ C. वि.सं. २०२९ D. वि.सं. २०३०
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
ताल जिल्ला
a. गोसाईकुण्ड 1. पाल्पा
b. रुपाताल 2. कास्की
c. रुद्र ताल 3. रसुवा
d. सुकेताल 4. बाग्लुङ
A) a3,b2,c4,d1 B) a1,b4,c2,d3 C) a1,b2,c3,d4 D) a2,b1,c4,d3
4.दुधकोशी नदीको संस्कृत नाम के हो ?
A. यशोधरा B. कर्मनासा C. अचिरावती D. भद्रावती
5. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
क) नेपालको अंक्षाश २६ डिग्री २२”उत्तर अंक्षाश दखि ३० डिग्री २६” अंक्षास सम्म फैलिएको छ ।
ख) कुम्भकर्ण हिमश्रृंखला मकालु हिमाल अन्र्तगत पर्दछ ।
ग) मुकुट हिमाल धवलागिरी हिमश्रृंखला अन्र्तगत पर्दछ ।
घ) नेपालको उत्तरी भागमा अवस्थित हिमालय पर्वत मोडदार पहाडको प्रकार हो ।
A. क र ख मात्र ठीक B. ग र घ मात्र ठीक
C. ख र घ मात्र ठीक D. माथि उल्लेखित सबै ठीक
6.कुन जोडा गलत छ ?
A. कोतपर्व -वि.सं. १९०३
B. वेत्रावत्ति सन्धि – नेपाल र तिब्बत वीच
C. जितगढी मलाउ युद्धको नेपाली नेतृत्वकर्ता -भक्ति थापा
D. केरुङ सन्धि – सन् १७८८
7.जनमत संग्रहको क्रममा गठित निर्वाचन आयोगका अध्यक्ष को रहेका थिए ?
A. कीर्तिनिधि विष्ट B. सूर्य बहादुर थापा
C. मरिचमान श्रेष्ठ D. भगवती प्रसाद सिंह
8.तलका मध्ये कुन भनाई सहि छ ?
१) WTO को स्थापना सम्बन्धमा सबैभन्दा लामो वार्ता टोकियो राउण्डमा भएको थियो ।
२) आठौँ वार्ता उरुग्वे राउण्डले WTO को स्थापना गर्ने निर्णय गरेको हो ।
A. २ मात्र सहि B. दुवै सहि C. दुवै बेठिक D. १ मात्र सहि
9. DOTS कार्यक्रम सुरुमा लागु भएको जिल्ला कुन होईन् ?
A. पर्सा B. कैलाली C. भक्तपुर D. कास्की
10.तल दिइएका घटनाहरुलाई सम्पन्न भएको सहि क्रम पत्ता लगाउँनुहोस् ।
A. सैन्यबादको उदय, औद्योगिक क्रान्ति, साम्यवाद, बौद्धिक जागरण
B. बौद्धिक जागरण, औद्योगिक क्रान्ति, सैन्यवादको उदय, साम्यवाद
C. साम्यवाद, बौद्धिक जागरण, सैन्यबादको उदय, औद्योगिक क्रान्ति
D. औद्योगिक क्रान्ति, बौद्धिक जागरण, सैन्यबादको उदय, साम्यबाद
11. देहायका भनाईहरु विचार गरि उपयुक्त कोड छनौट गर्नुहोस् ।
क) मानव अधिकारको संयुक्त राष्ट्रसंघीय बडापत्रको मस्यौदा समितिको अध्यक्ष Eleanor Roosvelt थिए ।
ख) मानव अधिकार आयोगका सदस्यहरुको निर्वाचन संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले गर्दछ ।
ग) नेपालको संविधानको भाग २५ मा मानव अधिकार सम्बन्धि व्यवस्था गरेको छ ।
A. क र ख ठिक B. ख र ग ठिक C. सबै ठिक D. क र ग ठिक
12.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समूह I समूह II
a. IBRD 1. निजी उद्योगको स्थापना र विकास गर्ने निजी क्षेत्रमा लगानी गर्न
b. IFC 2. गरिब राष्ट्रहरुलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउँने
c. IDA 3. दिर्घकालिन राजनीतिक जोखिम बिमा गर्न
d. MIGA 4. पुर्वाधारको विकासमा ठुलो रकमको लगानी गर्न
A) a4,b1,c2,d3 B) a4,b2,c1,d3 C) a2,b3,c4,d1 D) a4,b2,c1,d3
13. युरोपियन युनियन (European Union) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A. ब्रसेल्स (बेल्जियम) B. जेनेभा (स्वीजरल्याण्ड) B. जर्मनी (बर्लिन) D. पेरिस फ्रान्स
14. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. WB र IMF जुम्ल्याहा संगठन हुन,यसको मुख्यालय वासिङ्टन डि.सि. अमेरिकामा रहेको छ ।
२. नेपाल WB र IMF को सदस्यता १९६१ सेप्टेम्बर ६ मा भएको थियो ।
A. दुवै सहि B. १ मात्र सहि C. २ मात्र सहि D. दुवै गलत
15. कालापत्थरमा मन्त्रिपरिषद्को बैंठक कहिले बसेको थियो ?
A. वि.सं. २०६५ मंसिर १९ B. वि.सं. २०६६ मंसिर १९
C. वि.सं. २०६४ मंसिर १९ D. वि.सं. २०६७ मंसिर १९
16. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
महासचिव प्रस्ताव
a. ड्याग ह्यामरशोल्ड 1. Action for peace keeping
b. कोफी अन्नान 2. Agenda for Development
c. बुत्रोस बुक्रोस घाली 3. Quiet Revolution
d. एन्टिनियो गुटरेस 4. ट्रोईका
A) a1,b2,c3,d4 B) a3,b4,c2,d1 C) a4,b3,c2,d1 D) a2,b1,c4,d3
17.Daughter of The East कृति कसको हो ?
A. बेनिजिट बुट्टो B. मलाला युसुफ C. मिसेल ओवामा D. हेलेन केलर
18.” The United Kingdom” तलका मध्ये कुन कुन पर्दछन् ?
A. इंगल्याण्ड, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स
B. इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड र आइसल्याण्ड
C. इंगल्याण्ड, स्कटल्याण्ड, आयरल्याण्ड र वेल्स
D. इंगल्याण्ड, उत्तरी आयरल्याण्ड, पाल्मा र आइसल्याण्ड
19.भिक्टोरिया फल्स कुन कुन देशको सिमामा पर्दछ ?
A. जिम्बाबे र जाम्बिया B. जाम्बिया र बोत्स्वाना
C. जिम्बाबे र मोजाम्बिक D. जाम्बिया र मोजाम्बिक
20. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. हजारौ तालको देश 1. क्यानडा
b. छाँयादर भूमी 2. बेल्जियम
c. Land Of golden Fiber 3. फिनल्याण्ड
d. युरोपको कारखाना 4. पाकिस्तान
A) a3,b1,c4,d2 B) a3,b4,c1,d2 C) a1,b2,c3,d4 D) a1,b2,c4,d3
उत्तरहरूः
1. B 11. C
2. D 12. A
3. A 13. A
4. D 14. A
5. D 15. B
6. C 16. C
7. D 17. A
8. A 18. C
9. D 19. A
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 822